दफा ६८
तत्काल नियन्त्रणमा लिन सक्ने
(१) दफा ६२ बमोजिमको कसुर गर्ने व्यक्तिलाई रेल्वेको सुरक्षाको लागि खटिएको सुरक्षाकर्मी, प्रचलित कानून बमोजिम अधिकारप्राप्त .अधिकारी वा रेल्वेको कर्मचारीले तत्काल नियन्त्रणमा लिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको व्यक्तिमध्ये यस ऐन बमोजिम रेल्वे प्रशासक वा स्टेशन प्रमुखले कारबाही गर्नु पर्ने व्यक्तिको हकमा निजले .यस ऐन बमोजिम कारबाही र सजाय गर्नेछ र अन्य व्यक्तिको हकमा प्रचलित कानून बमोजिम कारबाही गर्न अधिकारप्राप्त अधिकारी वा रेल्वे कर्मचारीले सम्बन्धित अधिकारी वा कार्यालयमा बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम बुझाइएको व्यक्ति उपर सम्बन्धित अधिकारी वा कार्यालयले यस ऐन बमोजिमको कारबाही शुरु गर्नु पर्नेछ।